
७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको बताएका हुन् ।
आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको बताए ।
अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको र त्यसको जानकारी आयल निगमको वेबसाइटमा सार्वजनिक गर्ने गरिएको पनि बताए ।
उनले मूल्य वृद्धि र पेट्रोलियप पदार्थ बिक्री वितरणमा नीति र कानुनअनुसार नै भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4