+
+

सेयर बजारसम्बन्धी नीति ल्याउँदा राष्ट्र बैंकले समन्वय गर्नुपर्छ : धितोपत्र बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १८:१२
फाइल तस्वीर

७ असार, काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारसम्बन्धी नीति ल्याउनु अघि समन्वय गर्नुपर्ने बताएका छन् ।

लगानीकर्ताको आन्दोलन तथा पूँजी बजारको वर्तमान अवस्थाबारे बोर्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पूँजी बजार, बीमा लगायतका क्षेत्रलाई प्रभावित हुने नीति एक पक्षीय हुनु नहुने बताए ।

‘कुनै पनि क्षेत्रलाई प्रभावित हुने गरी एक पक्षीय नीति आउनु हुन्न,’ बोर्ड अध्यक्ष हमालले भने, ‘राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत आन्तरिक समन्वय गर्नुपर्छ ।’

वर्तमान अवस्थामा पूँजी बजार घट्नु विश्वभरिको ट्रेन्ड नै भएको भन्दै हमालले नेपालमा भने मौद्रिक नीतिको केही व्यवस्थातर्फ विज्ञहरुले संकेत गरेको बताए ।

‘बजार यो अवस्थामा हुँदा अप्ठ्यारो पर्नु साथीहरुलाई स्वभाविक नै हो । विश्वभरि नै सेयर बजार घटेको छ,’ हमालले भने, ‘ नेपालमो सवालमा मौद्रिक नीतिको ४ र १२ को बाध्यता र १५० प्रतिशत ऋणको जोखिम भार पनि भएको विज्ञहरुले बताएका छन् । राष्ट्र बैंकको उक्त नीतिले बजार सेयर बेच्ने दबावमा गएको भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?