
७ असार, दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ घोराही उपमहानगरपालिका कमिटीले हलो र जुवाको प्रदर्शन गर्दै रासायनिक मल अभावको विरुद्धमा घोराहीमा विरोध प्रदर्शन गरेको हो ।
विरोधसभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्ने अहिलेको सरकार किसान मारा भएको आरोप लगाए । उनले सरकारले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने र पेट्रोलियम पदार्थको मुल्य वुद्धि फिर्ता लिनु पर्ने माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4