
८ असार, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
आजका लागि छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य एक हजार २ सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
अघिल्लो २ दिन सोमबार र मंगलबार सुन र चाँदीको मूल्य स्थिर थियो । सो दिन छापावाल तथा तेजावी सुनको मूल्य क्रमशः ९७ हजार ७ सय र ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य एक हजार २६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4