
काठमाडौं । पोखरा महानगरपालिकाले लेखनाथको अर्चलेमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ ।
बुधबार मेयर धनराज आचार्यले आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम प्रस्तुत गर्दै जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलिमिया लगायत स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गर्ने पनि उल्लेख गरे ।
यसैगरी महानगरका स्रष्टाहरुको अभिलेख तयार गर्ने, महानगर नवरत्न चयन गरी सम्मान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रज्ञा प्रतिष्ठानलाई पोखराको भाषा, कला, संस्कृति र साहित्यको केन्द्रका रुपमा विकास गरिने पनि मेयर आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4