
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।
‘आईएमई पे’ले ‘उच्च तापक्रममा उच्चत्तम छुट’ नामक ‘फ्ल्यास सेल’ अफर ल्याएको हो । यो अफर मंगलबार र शनिबार दिउँसो ३-४ बजेसम्म आईएमई पे एपबाट हवाई टिकट काट्ने व्यक्तिले पाउने छन् । आईएमई पे एपबाट हवाई टिकट काट्ने व्यक्तिले अफर अनुसार दैनिक हाइएस्ट क्यास ब्याकसहित थप ३ सय रुपैयाँ बोनस प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।
साधारणतया अरु वालेट एपहरु भन्दा बढी क्यास ब्याक दिइरहेको आईएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाका लागि क्यास ब्याकसहित थप ३ सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले स्पष्ट पारेको छ ।
७ असारदेखि सुरु भएको यो अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया 4