+
+

भीमफेदी कारागारमा कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १८:०९

८ असार, काठमाडौं । मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ ।

०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीबाट रिफर गरेर थप उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

कैदीको शव पोष्टमार्टम भएपछि मात्रै थप जानकारी दिन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?