
८ असार, काठमाडौं । निजामती कर्मचारीका विभिन्न संगठनले संसदको यही अधिवेशनले संघीय निजामती ऐन पारित नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार ५ कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघीय निजामती कर्मचारी ऐन कुनै पनि हालतमा सरकारले जारी गर्नुपर्ने बताएका हुन् ।
प्रदेश सरकार र स्थानीय सरकार गठन भएको ४ वर्ष भन्दा बढी हुँदा पनि कर्मचारी सम्बन्धी कानुन निर्माण हुननसक्दा प्रदेश र स्थानीय तहमा जनशक्तिको अभावमा
संघीय शासन प्रणालीमै असर परेको कर्मचारी संगठनहरुले बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन
(निजामती) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरे र नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष
भुवनेश्वर चौधरीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
उनीहरुले आन्दोलन गर्न संघर्ष समितिहरु पनि गठन गरेको बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया 4