
काठमाडौं । एभरेष्ट इन्जिनियरिङ कलेजको आयोजनामा सम्पन्न राष्ट्रव्यापी गणित प्रतियोगितामा ललितपुरमा रहेको ब्ल्यूबर्ड कलेज-ए प्रथम भएको छ ।
ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा भएको प्रतियोगितामा बुटवलस्थित कान्ति मावि दोस्रो र ब्ल्यू बर्ड कलेज-बी तेस्रो भएको आयोजकले जनाएको छ । पोखरामा रहेको मदरल्यान्ड इंग्लिस बोर्डिङ स्कुल-ए चौथाे भएको छ ।
प्रतियोगितामा प्रथम हुने ब्ल्यूबर्ड कलेज-ए का विद्यार्थीले ५० हजार नगद तथा एभरेष्ट इन्जिनियरिङ कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गरेको छ भने दोस्रो हुेन कान्ति माविका विद्यार्थीले २५ हजार नगद तथा एभरेष्ट कलेजमा बिशेष छात्रवृत्ति प्राप्त गरेको कलेजले जनाएको छ ।
यस्तै तृतीय हुने ब्ल्यू बर्ड कलेज-बी का विद्यार्थीले १५ हजार नगद तथा एभरेष्ट इन्जिनियरिङ कलेजमा आंशिक छात्रवृत्ति तथा चौथो हुने मदरल्यान्ड इंग्लिस बोर्डिङ स्कुल-ए ले १० हजार नगद तथा एभरेष्ट इन्जिनियरिङ कलेजमा आंशिक छात्रवृत्तिका साथै प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगितामा सातै प्रदेशका मुख्य-मुख्य शहरका विद्यालयमा अध्ययनरत कक्षा ११ र १३ का विद्यार्थी सम्मेलित २० प्रतियोगी समूहको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल गणित समाजका सभापति प्रा.डा. नारायणप्रसाद पहारी, काठमाडौं विश्वविद्यालयका पूर्वडीन प्रा.डा.कनहैया झा, एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालका सभापति तथा काठमाडौ इन्जिनियरिङ कलेजका प्राचार्य प्रा. हिरेन्द्रमान प्रधान, एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालका पूर्वसभापति तथा पीईए एशोसिएसनका सीईओ इन्जिनियर लक्ष्मण पोख्रेल, अर्किड इन्टरनेशनल कलेजका प्राचार्य ई. बिदुर दहालको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4