
९ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरुलाई नियमित रुपमा सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।
बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले स्वास्थ्य संस्थाले बिमितको उपचार गरेबापतको दाबी भुक्तानी यथाशिघ्र गर्ने कार्यमा रहेको जानकारी दिएको छ ।
स्वास्थ्य बीमा कोषमा व्यवस्थापन तथा संचालन कार्यविधि , २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ,’ परीक्षण भएका दाबी रकमलाई भुक्तानी यथाशिघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ ।’
बोर्डले समयमा नै भुक्तानी नदिएको कारण अहिले ठूला सरकारी तथा निजी अस्पतालले सेवा बन्द गर्ने चेतावनी दिँदै आएका छन् । तर, सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक बर्ष अन्तमा भुक्तानी नहुने भन्नेमा आशंका नगर्ने बोर्डले अनुरोध गरेको छ ।
दैनिक हुने दाबीको बढ्दोक्रममा रहेको कारण दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्ति अभाव भएकाले भुक्तानी दिन ढिलाई भएको बोर्डले स्वीकार गरेको छ ।
बोर्डका अनुसार आर्थिक बर्षको १५ जेठसम्मको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबीलाई प्रथामिकताकासाथ परीक्षण भइरहेको छ ।
हाल सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट दैनिक २५ देखि ३० हजारको संख्यामा दाबी भइरहेको छ ।
देशभरका ४५० वटा सेवा प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4