
१० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्नु पर्ने उनको धारणा छ ।
यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र आर्थिक गतिविधि पनि गतिशील भइराख्ने डा. कोइरालाको भनाइ छ ।
आज सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4