
काठमाडौं । मनाङको तिलिचो क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कृष्णलीला’को नयाँ गीत ‘ए मेरो हजुर’ रिलिज भएको छ । शुक्रबार विश्वज्योति हलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित फिल्मका कास्ट एण्ड क्रिउले रोमान्टिक गीत सार्वजनिक गरे ।
बबुल गिरीले संगीत गरेको गीतमा रवि ओड र सुनिता कार्कीले स्वर दिएका छन् । पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड गीतमा दर्शकले मनाङको आकर्षक हिमाली पठार देख्न सक्नेछन् । डीआर उपाध्यायका शब्द रहेको गीतको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् ।
पत्रकार सम्मेलनमा संगीतकार गिरीसहितका कलाकारले गीत गुन्गुनाएर सुनाए । प्रेमकथामा आधारित यो फिल्मको ट्रेलर सार्वजनिक हुने तयारीमा छ । निर्देशक दीपक ओलीले फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।
प्रकाशराज कार्की र केवल तामाङले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । यो फिल्म भदौ ३ गते कृष्णजन्माष्टमी छेकोमा प्रदर्शन हुने तयारीमा छ ।
प्रतिक्रिया 4