
१० असार, धनगढी । रासायनिक मल उपलब्ध गराउन माग गर्दै कैलालीका किसानले मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शन गरेका छन् ।
मल माग्दै ज्ञापन पत्र बुझाउन गएका किसानले मुख्यमन्त्री त्रिलोचन भट्टले समय नदिएपछि अखिल नेपाल किसान महासंघको अगुवाईमा कार्यालय अघि नै प्रदर्शन भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने किसानहरु मुख्यमन्त्री भट्ट कार्यालय नभएका बेला ज्ञापन पत्र बुझाउन आएकाले समस्या भएको बताएको छ । ज्ञापनपत्र कर्मचारीले बुझिदिने भन्दा किसानले अस्वीकार गर्दै प्रदर्शन गरेका हुन् ।
महासंघले कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाएको हो । ‘समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई, खाद्य सुरक्षामा समेत नआउला भन्न सकिँदैन । रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।
प्रतिक्रिया 4