+
+

राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १५:३२

११ असार, काठमाडौं । कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालको सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् ।

धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा पार्टी अध्यक्ष थापाले जोशीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका राप्रपा नेपालले जनाएको छ ।

जोशी राप्रपा नेपालको केन्द्रीय सदस्य थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न जोशीले यसअघि राप्रपाको प्रदेश कोषाध्यक्ष भएर काम गरिसकेका थिए ।

जोशीले सुदूरपश्चिम प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?