
११ असार, दाङ । कवि नविन अभिलाषीको कृति ‘मौलामा बाधिएको राँगो’को गृह विमाचोन गरिएको छ । यसअघि काठमाडौंमा उक्त कृतिको विमोचन कवि एवं समालोचक डा. अमर गिरीले गरेका थिए ।
उदाहरण समूह नेपालको आयोजनामा कवि अभिलाषीको उक्त कविता संग्रहको शनिबार गृह जिल्लामा विमोचन गरिएको हो । त्यसै अवसरमा कृतिमाथि विर्मश समेत गरिएको छ । कृतिबारे बोल्दै समालोचक टीकाराम उदासीले कविताले समकालिन समाजको यथार्थ चित्रण गरेको बताए ।
‘कवितामा समाकालीन यथार्थका बिम्बहरु झल्किएको छ’ उनले भने, ‘केही कविता निराशावादी देखिन्छन् । तर कविताको मूल स्वर आशावादी छ, परिवर्तनका पक्षमा छन् ।’ कृतिले समकालीन समाजको कुरुप बिम्ब उठाउदै सामाजिक विकृतिमाथि प्रहार र गहिरा प्रश्न गरेको बताए ।
कवि अभिलााषीले कवितामा समाजमा व्याप्त जात व्यवस्था, अन्याय, सामाजिक र राजनीतिक विकृतिमाथि प्रश्न गर्दै त्यसलाई बिम्बका रुपमा उतार्न खोजेको बताए । उनले कवितामा आफूले वर्तमान समाजको चित्रण देखाउन खोजेको बताए ।
‘हामी बाँचेको समाज कस्तो छ, त्यही कुरा कविताबाट भन्न खोजेको छु’ उनले भने ।
प्रतिक्रिया 4