
प्रधानमन्त्री र लोसपा नेताहरुबीच भेटको फाइल तस्वीर ।
११ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बालुवाटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको नेताहरुले बताएका छन् ।
‘नागरिकता विल आएन, चाँडै ल्याउनुस् भन्न गएका थियौं । प्रधानमन्त्रीजीले कानुनमन्त्रीलाई जिम्मा दिएको छु, भोलिसम्म ल्याउनुहोला भन्नुभयो,’ लोसपा नेता लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने । सत्तारुढ गठबन्धनमा अंगीकृत नागरिकताबारे मौन बसेर भएपनि नागरिकता विधेयक ल्याउने छलफल भइरहेको छ ।
भेटमा आफूहरुले अघि सारेको राजनीतिक मुद्दा फिर्ता लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4