
काठमाडौं । ‘पाइरेट्स अफ दी क्यारेबियन’ फेम्ड जोनी डीप र ‘आक्वाम्यान’ स्टार एम्बर हर्ड पछिल्लो समय दैनिक रुपमै समाचारको हेडलाइन बनिरहेका छन् ।
पूर्वपत्नी हर्डले डिपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्, जसमा अदालतले डीपकै पक्षमा फैसला गर्यो । साथै, डीपको मानहानी भएको भन्दै १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश पनि दियो ।
साथै, डीपले पनि दुई मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने अदालतले फैसला गरेको थियो । यो मुद्दामा अदालतले पुनः अर्को आदेश जारी गरेको छ । जोनी-एम्बर मुद्दामा न्यायाधीशले अर्को आदेश जारी गर्दै अदालतले गरेको फैसलाअनुसार क्षतिपूर्ति तिर्न पुनः आदेश दिएका छन् ।
केही दिन पहिले टीएमजेड म्यागजिनको एक विवरणअनुसार अभिनेत्री हर्ड सपिङको लागि न्युयोर्कस्थित एक सेन्टरमा पुगेको उल्लेख थियो । यसअघि डीपका वकिलले पूर्वपत्नीबाट मुअब्जा रकम नलिने उल्लेख गरेका थिए ।
तर अदालतको यो आदेशपछि फैसलाअनुसार रकम तिर्नैपर्ने दबाब भएको छ ।
प्रतिक्रिया 4