
काठमाडौं । पाका फिल्मकर्मी शंकर पाण्डेले नेसनल बक्स अफिस अवार्डमा सर्वोत्कृष्ट निर्माण नियन्त्रकको विधा जितेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा पाण्डेले अवार्ड ग्रहण गरे । नेपाली सेनासँग सम्बन्धित एक म्युजिक भिडियोबाट उनले अवार्ड उचालेका हुन् ।
प्रवासतर्फ उत्कृष्ट प्रोडक्सन कन्ट्रोलरको ट्रफी जितेपछि पाण्डेले यसलाई आफूले पर्दा पछाडिको हिरोको सम्मानको रुपमा लिएको बताए ।
२०५६ सालमा फिल्म ‘मुक्तिदाता’ र चर्चित टेलिसिरियल ‘हिजोआजका कुरा’बाट निर्माण नियन्त्रणसँगै फिल्म करिअर सुरु गरेका पाण्डेसँग पाका र पछिल्ला दुवै पुस्ताका निर्देशकसँग काम गरेको अनुभव छ ।
उनले यसअघि कोहिनुर, पशुपतिप्रसाद, आमा लगायतका हिट फिल्ममा काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4