
१२ असार, सुर्खेत । जाजरकोटमा एक महिलाको शव जंगलमा फेला परेको छ । नलगाड नगरपालिका–१ कि ४२ वर्षीया भगवती शाहीको शव घर नजिकैको जंगलमा फेला परेको हो ।
जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाका अनुसार आइतबार बिहान प्रहरीले भीरबाट शव निकालेर अस्पताल ल्याइएको छ । शव सडेर गन्हाउने अवस्थामा पुगिसकेपछि गाउँलेले प्रहरीलाई खबर गरेको डीएसपी निरौलाले जानकारी दिए ।
‘घटनाबारे हामीले आज बिहानमात्रै खबर पायौं । घटना अलि संकास्पद नै देखिन्छ । प्रारम्भिक अनुसन्धान थालेका छौं,’ डीएसपी निरौलाले भने ।
घरभन्दा करिब एक सय मिटरको दूरीमा फेला परेको शवको प्रकृति हेर्दा एक हप्ताअघि नै मृत्यु भएको प्रहरीको अनुमान छ । प्रहरीले मृतकका श्रीमान लोकबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4