
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारदेखि ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ ।
सात दिनसम्म चल्ने उत्सवमा देशभरिबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकमध्ये विभिन्न भाषाभाषीका ७ वटा नाटक मञ्चन हुनेछन् । थापागाउँस्थित कुञ्ज थिएटरमा उत्सव आयोजना भएको छ ।
नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च इलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिंढी’, पुरानो घर समूह (रौतहट)को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा)को नाटक मञ्चन हुनेछन् ।
साथै, राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर)को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च (इलाम)को लिम्बू भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला)को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन् ।
नाट्य महोत्सवको पहिलो दिन सोङकित लाप्चा निर्देशित नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो ।
प्रतिक्रिया 4