
१३ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको नीतिले स्यानिटरी प्याड उद्योग थप लाभान्वित हुने दाबी गरेका छन् । राष्ट्रियसभामा सोमबार बजेट बारेको छलफलमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
प्याडमा करको हकमा सरकारले महिला समवेदना र नेपाली उद्योगको भविष्य दुवैलाई ध्यान दिएको दाबी उनको छ । आयातमा कर छुट गरेपनि स्यानिटरी प्याडको स्वदेशी उद्योगलाई वर्षमा २ अर्बको व्यापार सुनिश्चित सरकारले गरेको पनि उनले दाबी गरे ।
‘स्वदेशी उद्योग जोगाउन वार्षिक २ सय करोडको व्यापार सुनिश्चित गरिदिएका छौं,’ अर्थमन्त्री शर्माले भने, ‘विस्तारै हाम्रा उद्योगको गुणस्तर बढेपछि आयातलाई निरुत्साहित गर्दै लौजाने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4