
१३ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरु मिल्दा व्यवस्था बदलिए पनि राष्ट्र नबन्ने बताएका छन् । प्रेस चौतारी नेपालले काठमाडौंमा गरेको अन्तर्क्रियामा महासचिव पोखरेलले दलहरु मिलेर राष्ट्र बनेको कतै उदाहरण नपाइने बताए ।
‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रष्ट हुन्छ दलहरु मिलेर व्यवस्था बदलेका छन् । तर, राष्ट्र बनाएको कतै पाइदैन’, उनले भने । देशको विकास र समृद्धिका लागि नीतिगत नेतृत्व आवश्यक रहेको र ध्रुवीकरण जरुरी हुने पोखरेलले बताए ।
एमालेले एउटा र नेपाली कांग्रेसले अर्को ध्रुवको नेतृत्व गर्ने उनको भनाइ छ । ‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजीवादतर्फको कित्ता र अर्को वामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता’ पोखरेलले भने, ‘अरू सबै विचार र श्रृङ्खला भनेका त्यसैको वरिपरि छन् ।’
तर कांग्रेसले आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाएको पोखरेलले बताए ।
प्रतिक्रिया 4