
१४ असार, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यसैगरी नवलपरासीको अरुण खोलामा बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4