१४ असार, काठमाडौं । म्यानचेस्टर सिटीका पूर्वकप्ताने फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको परानाएन्समा अनुबन्धित भएका छन् ।
३७ वर्षीय ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि पुरानै क्लब फर्किएका हुन् । उनी सन् २००५ मा पारानाएन्सबाटै युक्रेनी क्लब साख्तर डोनेक्स गएका थिए ।त्यसपछि २०१३ मा म्यानचेष्टर सिटी पुगेका उनले त्यहाँ ९ वर्ष बिताएर २०२१-२२ पछि सिटी छाडेका थिए ।
फर्नान्डिन्होले सिटीका लागि ५ प्रिमियर लिग उपाधि जितेका छन् ।
एथ्लेटिको पारानाएन्सको प्रशिक्षकमा हाल चेल्सीका पूर्व प्रशिक्षक लुइस फिलिपे स्कोलारी छन् ।
फर्नान्डिन्होले ब्राजिल बाहेक अन्य देशका क्लबबाट पनि प्रस्ताव आएको तर घरेलु क्लब पर्कनु उचित रहेको बताएका छन् ।
उनले बफ्नो निर्णयलाई समर्थन गर्ने परिवारलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया 4