
१४ असार, वीरगञ्ज । पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज निवासी ३२ वर्षीय हरिन्द्र दास थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी परेको बेला खेतमा आली लगाउँदै गरेका थारुलाई दिउँसो ३ बजेतिर चट्याङ खसेर लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4