
बहुला हो त्यो मान्छे भनेर
एक कोश टाढा बस्न
फरमान जारी गर्यो
अक्षरस: पालना भयो ।
तर,
काँटी मात्र ठोकेको हौ
तिमीले मेरो घाउमा
दया माया स्नेह
आस्था र विश्वासमा
किल्ला नै त
ठोकेको होइन नि
आभार
तिमी र तिम्रो प्रवृत्तिलाई
२५ वर्षको उपहार
जाबो घाऊ
ठोक्ने काँटीको साटो
बन्चरोसम्म भए पनि
दिएको भए इज्जत त थाम्थ्यो कि यार ?
तर काँटी ?
मेरो यारको २५ वर्षको उपहार
पुस्तान्तरण गर्दै जाउँला ।
मैले दिन सक्ने उपहार
गहिरो सागरको भाव र
एउटा मगमगाउदों फूललाई
मेरो नामको उपहारको रूपमा
पुस्तान्तर गर्दै जाने व्यवस्था मिलाउनु ।
हराउला मगमगाउँदो फूल, काँटी ठोक्नु ।
एकतर्फी उपहार मात्र हुने छ यो
किनकि म
एक काँटी, घाउ र बन्चरो
दिन सक्दिनँ ।
काँटी, घाउ र बन्चरोजस्तो
उपहारमा नै उसको आशक्ति भएपछि सम्भावना
त्यो फूल त्यहाँ हुन्न अथवा विलुप्त भइसक्नेछ ।
काँटी हद पार गरी ठोक्नुसम्म ठोक्यौ
गुलाम भएर गुलामको दशौं तहमुनिको
पनि गुलाम गर्छौ तिमीहरूलाई वस फाइदा हुनुपर्छ
कुकर्मको हद भएपछि मान्छे बहुलाउँछ ।
म को हो,
मलाई जनावर भन्छन् कि अरू नै केही
म नर् नारी वा नरनारी
सोध्ने दिन आइहाल्छ
केही दिन मात्र केही दिन कुर
तिमीलाई सुहाउँदो पोसाकको नाप पनि त लिनुछ ।
दिनमा ठीक
खसे रातमा
लङ्गौटी निरन्तर
धेरैधेरै युगपछि
दिनभरि झाडीमा
लंगौटीबिना
बस्दै जाँदा
त्यसबेलाको
एकथरी झुन्डले नै
आफ्नो साम्राज्यको
विकास गर्न थाल्छ कछाडविना ।
भाषामा पनि लगभग
फरकशैलीको विकास हुँदै गर्दा
एउटा बालकले
निक्कै गाह्रो गरी
सोध्यो
हामी मान्छे होइन र ?
बाबुआमाले पनि
सहजै भन्न सकेका त हुँदैनन्
तर भन्छन्
हामी शुद्ध मानव
थियौं ।
अहिले,
बढ्दो विश्व तापक्रम
र
मौसम परिवर्तनजस्ता
अनौठा विकासले
हाम्रो स्वरूपमा र मथिङ्गल नै
हामी मान्छेबाट
नव एपमा
परिणत हुदैछौं ।
मैले मेरा दुई अरु तिलस्मी
भाइहरू लगाउँदा पनि
२५ वर्षसम्म
गोमन नै बन्दा पनि
सत्र सहोदर
दाजुभाइहरूलाई
हाप्सिलो बनाए पनि
शान्त सागरलाई
बहुला हो नै भनी
प्रभुको पाउको धुलो
जिब्रोले चाटीचाटी
पैताला त मुलायम
बनायौ, सबै शान्त बस्नु
निरो र सुरो, बोनापार्टहरूका
ताज खोसिएको दुनियाँमा फट्यांग्रा र कन्सुत्लोको
खोसिनलाई ताज नै हुने कहाँ
जिउमा राखिदिए प्रारान्णत हुन्छ
तर
प्रभुको पाउको धुलो
जिब्रोले चाट्दाचाट्दै
कति युग बिते
थाहा नै पाएनौ
तिमी र तिम्रो
एउटा वंश नै
बेग्लै प्रजातिको
एप बनिसकेको
आभाससम्म पाएनौ ।
प्रतिक्रिया 4