
काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल झण्डै ८ वर्षपछि नेपाल फर्किएकी छन् । यसै साता नेपाल आइपुगेकी उनले आफन्त र फिल्म क्षेत्रका साथीसँग भेटघाट गरिरहेकी छन् ।
मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेटिन् । इन्स्टाग्राममार्फत उनले यसबारे जानकारी दिएकी छन् । काठमाडौं आइपुगेकी अरुणिमाले अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै आफू दुई महिना नेपालमा रहने र यसबीचमा घुमघाम र भेटघाटमा समय बिताउने बताइन् ।
फिल्ममा कमब्याक गर्ने इच्छा रहेको र राम्रो कथावस्तुसहित प्रोजेक्टको अफर आए फिल्म गर्न तयार रहेको उनले बताइन् । ‘म त्यही फिल्डको हुँ । माया त लागिहाल्छ नि । राम्रो स्क्रिप्टको अफर आए फिल्म गर्न रेडी छु,’ उनले भनिन् ।
आमा र छोरीसहित अरुणिमा नेपाल आएकी हुन् । प्राप्त तस्वीरमा उनी रेखासँगको भेटमा प्रफुल्ल देखिन्छिन् । उनले करिअरमा ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छन् ।
प्रतिक्रिया 4