
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै १-९ असारसम्म तालिमको आयोजना गरेको कम्पनीले जनाएको छ ।
तालिममा देशभरका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्सियल गाडीका चालकहरु सहभागी भएका थिए ।
तालिममा सहभागीहरुलाई बीएसआईभी प्रविधि सम्बन्धी जानकारी गराइएको थियो । कम्पनीका अनुसार सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउदाँ चालकहरुले के-कस्ता कुराहरुमा ध्यान दिंदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिन्छ,गाडीको आयु बढाउन के गर्नु पर्छ, के गर्नु हुँदैन, गाडी सञ्चालन खर्चलाई न्यूनिकरण गर्ने उपाय लगायतका बारेमा जानकारी गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4