
१५ असार, भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुलीमा पर्खाल भत्किदा एकजना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुली बस्ने ६६ वर्षीया नारायाणदेवी थापा रहेकी छिन् ।
कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खा मुनि हिडिरहेकी उनी सोही पर्खाल भत्किदा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरि परिसर भक्तपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4