+
+

गौर वितरण केन्द्रले कालोसूचीका ग्राहकबाट ५ करोड बढी बक्यौता रकम असुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १३:२६

१६ असार, रौतहट । नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले १५ असारसम्ममा कालोसूचीमा रहेका ग्राहकहरुबाट ५ करोड रुपैयाँ भन्दा बढी बक्यौता रकम असुल गरेको छ ।

गौर शाखाले लामो समयसम्म महसुल भुक्तानी बाँकी राखेका कालोसूचीमा रहेका १ हजार ५ सय ८४ ग्राहकको लाइन काटेर ५ करोड २१ लाख ९७ हजार १ सय १५ रुपैयाँ बक्यौता रकम असुल गरेको गौर शाखाका प्रमुख इन्जिनियर विजय महतोले बताए । लाइन काटिएका मध्ये १ हजार ४ सय ५ जनाले पुनः लाइन जोडन लगाउँदा सो रकम असुल भएको उनले बताए ।

यसै गरी १५ असारसम्ममा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा गौर शाखाले ७५ लाख ४ सय ८ रुपैयाँ समेत असुल गरेको छ । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्ने विरुद्ध प्राधिकरणले कारबाही गरिरहेको महतोले बताए । शाखाले प्रहरीको सहयोगमा विद्युत् चुहावट गर्ने २ सय ५० जनालाई पक्राउ गरी कारबाही समेत गरेको छ ।

मिटर भएर पनि विद्युत् चोर्ने १७२ जनालाई कारबाही गरेको महतोले बताए । चुहावट गर्ने व्यक्तिहरुको साथबाट पानी तान्ने मोटर लगायतका विभिन्न विद्युतीय उपकरण तथा तारहरु बरामद गरेको उनले बताए ।

लाइन काटेर पुनः जडान वापतको सेवा शुल्कबाट ८ लाख ७० हजार २ सय ७३ रुपैयाँ संकलन भएको प्रमुख महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?