
१६ असार, बनेपा । बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन ।
अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
घाइतेको शीर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल, भोमी अस्पताल र अपाङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4