
१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।
असार २२ गते त्रिविले ६३औं वार्षिक उत्सवमा ८४ जना शिक्षक र १८१ जना कर्मचारी गरी २६५ जना शिक्षक कर्मचारीलाई पदक तथा सम्मान गर्ने भएको छ ।
त्रिवि नियमानुसार प्रत्येक वर्ष बार्षिक दिवसका अवसरमा प्रदान गरिदै आएको त्रिवि दीर्घ सेवा पदकका लागि प्रत्येक वर्षको चैत्र मसान्तभित्र २५ वर्ष त्रिविको सेवा गरेका शिक्षक कर्मचारीलाई पदको आधारमा पदक प्रदान गर्दै आएको छ ।
तर, त्यसका लागि तोकिएको समयमा त्रिविमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले फाराम भर्नुपर्ने हुन्छ । उक्त विवरण फारममा उल्लेख गरिएको नाम र पदका आधारमा पदक प्रदान गर्ने गरेको छ ।
असार २२ गते (बुधबार) बिहान १० बजे देखि त्रिवि स्मृति भवन, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।
प्रतिक्रिया 4