
१७ असार, काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् । १६ असारमा सम्पन्न सञ्चालक समितिको बैठकले ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको थियो ।
ढुंगानासँग बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव रहेको छ । ढुंगानाले यसअघि नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व सम्हाली सकेका छन् । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेको अनुभव रहेको छ ।
भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा मेनेजर टु वाच र सन् २०१५ मा मेनेजर अफ दी इयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष बनेका भएका थिए ।
उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा बैंकले गरेको छ ।
प्रतिक्रिया 4