
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका-११ स्थित नेपालटारमा आफ्नो शाखा विस्तार गरेको छ ।
एक समारोहका बीच शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंककी सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे । सो अवसरमा श्रेष्ठ र थापाले नेपालटारमा बैंकले आफ्नो शाखा विस्तार गरी ग्राहकलाई सुविधा प्रदान गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवा पक्षलाई निरन्तर सहयोगका लागि अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4