+
+

बरुण हाइड्रोपावरको हकप्रदका लागि बुक क्लोज मिति तय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:५१

१९ असार, काठमाडौं । बरुण हाइड्रोपावरको हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको छ ।

कम्पनीका अनुसार २ साउन सोमबारका दिन बुक क्लोज हुनेछ । यस आधारमा १ साउनसम्म सेयर भएका लगानीकर्ताले बरुण हाइड्रोको हकप्रदमा आवेदन दिन सक्ने भएका छन् ।

कम्पनीले आफ्ना सेयरधनीलाई १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?