
काठमाडौं । बहुप्रतीक्षित सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का दुईवटा अन्तिम भाग रिलिज भएलगत्तै नेटफ्लिक्सको सर्भर डाउन भएको छ ।
वेब पोर्टलबारे जानकारी दिने डाउन डिटेक्टर डटकमका अनुसार उक्त सिरिजका दुई एपिसोड लाइभ भएलगत्तै शुक्रबार केही समयका लागि नेटफ्लिक्स नै क्र्यास भएको हो ।
एकछिनमै १३ हजार भन्दा बढी गुनासो आएपछि नेटफ्लिक्सले यो समस्या आधा घण्टाभित्रै समाधान गरेको थियो ।
रिलिजको चार सातामै नेटफ्लिक्सले सबैभन्दा बढी हेरिने अंग्रेजी सिरिजको कीर्तिमान राखेको छ । सिजन ४ का दुईवटा एपिसोडको लम्बाइ नै झण्डै चार घण्टा छ । आठौं एपिसोड नै ८५ मिनेट लामो छ । नवौं एपिसोड डेढ सय मिनेट छ ।
उच्च मागका कारण अन्य स्ट्रिमिङ प्लेटफर्मले पनि संघर्ष गर्नुपरेको छ । फिनाले अफ युफोरिया सिजन २’का कारण एचबीओले पनि यस्तै समस्या खेप्नुपरेको थियो ।
सामाजिक सञ्जालमा दर्शकको व्यापक गुनासोपछि नेटफ्लिक्सले प्राविधिक समस्या समाधान भएको जनाएको छ ।
प्रतिक्रिया 4