
१९ असार, काठमाडौं । प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ सकिएन ।
धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ भइरहेको थियो ।
आइतबार सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा कनिष्ट एआईजीलाई प्रहरी महानिरीक्षमा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सर्वोच्च अदालत स्रोतका अनुसार अब यो मुद्दामा असार २६ गते सुनुवाइ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4