
१९ असार, काठमाडौं । मुख्यालय धितो राखेर ऋण झिक्न आयल निगमले थालेको प्रक्रिया तत्काल रोक्न कर्मचारी युनियनहरुले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ध्यानाकर्षण पत्र लेख्दै निगममा सक्रिय दुई वटा कर्मचारी युनियनहरुले ऋण झिक्ने प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् ।
सन्दिप बराल नेतृत्वको आयल निगम स्वतन्त्र कर्मचरी युनियन र झबिन्द्र विक नेतृत्वको निगम कर्मचारी संघको संयुक्त निवेदनमा स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्य समायोजन हुनुपर्ने भन्दै ऋण मात्रै विकल्प नभएको जनाइएको छ ।
अर्थ मन्त्रालयले घटाएको करमा निगमले राहत नपाएको भन्दै कर्मचारी ट्रेड युनियनले मूल्य समायोजन समयमै नहुँदा निगम ठूलो नोक्सानीमा परेको समेत दावी गरिएको छ ।
‘मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिने प्रक्रिया तत्काल रोक्न ध्यानाकर्षण गराउँछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘इन्धनको स्वचालित मूल्य कायम गरिनुको विकल्प छैन् ।’
प्रतिक्रिया 4