
फाइल तस्वीर
१९ असार, काठमाडौं । सरकारले सुरु गरेको एकै पटक देशव्यापी अनुगमनको पहिलो दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८४ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ ।
सरकारी नियकाबीच आन्तरिक समन्वयमा आधारमा शुक्रबार बिहान ११ बजेदेखि देशभरका एकीकृत अनुगमन गरेको विभागले जनाएको छ ।
देशभरका सबै सरकारी नियकाले बजार अनुगमन गरेको भएपनि नतिजा भने आइ नसकेको महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।
विभागको केन्द्रीय र देशभरका सबै कार्यालयबाट गरिएको अनुगमनमा २४ वटा फर्मलाई जरीवाना गरिएको महानिर्देशक शर्माले जानकारी दिए ।
यस्तै ८ वटा फर्मबाट एक लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको छ भने २० वटा फर्मलाई स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।
खाद्यान्न, डेरी, फर्मेसी, सर्जिकल सप्लायर्स, होटल, डेरी, खानेतेल र लत्ता कपडामा अनुगमन गरिएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4