
२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’
अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको सार्वजनिक भएको थियो । तर ओलीले भने पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4