
२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीका पदाधिकारी छिटो चयन हुनु पर्ने बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले जारी बैठकमा नै पदाधिकारीको नाम प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
‘अब स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नुपर्छ, पदाधिकारी बनाउनु पर्छ,’ उनले भने, ‘अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ, चित्त बुझेन भने चुनावमा जानु पर्छ ।’
गजुरेलले पार्टीमा गुटबन्दी मौलाएको आरोप पनि लगाए ।
गत पुस ११ देखि १८ गतेसम्म आठौं महाधिवेशन गरेको माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4