
२० असार, काठमाडौं । उद्योग मन्त्रालयले कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक नलगाएको स्पष्ट पारेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले गत १३ वैशाखमा लगाइएको प्रतिबन्धले कूटनीतिक नियोगलाई प्रभावित नगर्ने उल्लेख छ ।
सरकारको यस्तो निर्णयपछि अब कूटनीतिक नियोगले रक्सी, महँगा गाडी, चकलेट, कुरकुरे, खेलौना, तास, हिरा, तास लगायतका १० प्ररकारका विलासी वस्तु कूटनीतिक नियोगका व्यक्तिले आफ्नो प्रयोगका लागि आयात गर्न सक्नेछन् ।
१३ वैशाखकै राजपत्रमा यसबारे प्रष्ट्याए पनि गुनासो आएका कारण थप सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर १० प्रकारका विलासी वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण बन्देज लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4