
फाइल तस्वीर
२१ असार, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य ९७ हजार ६ सय र तेजावी सुनको मूल्य ९७ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रुपैयाँ तोकिएको छ । यो साता आइतबार र सोमबार लगातार सुन र चाँदीको मूल्य स्थिर रह्यो । सुनको मूल्य तोलामा ९७ हजार ५ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4