
२१ असार, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका-११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ ।
स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । पसल सञ्चालक छोटेलाल दासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4