
काठमाडौं ।
‘आगोबिना बिंडी जल्दैन
तेलबिना बाती बल्दैन
त्यस्तै हो ए माया
तिमीबिना जीवन चल्दैन’
केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसाल अभिनित फिल्म ‘झिंगेदाउ’को गीत ‘आगोबिना बिंडी जल्दैन’ रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो ।
ललितपुरको शिरकाली चौरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । अर्जुन पोखरेलले संगीत गरेको गीतमा शान्तिश्री परियार र प्रवीण बेडवालको स्वर समावेश छ ।
मुक्त उदासले लेखेको गीतमा फिल्मका अर्का मुख्य कलाकार कुशल विष्ट समेत फिचर्ड छन् । गीतमा मुकुन र केकी तथा कुशल र आँचलको जोडी बाँधिएको छ ।
भीमनिधि तिवारीको कृतिमा आधारित फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्मले गत साता टाइटल टिजर सार्वजनिक गर्दै झिंगा र केकीको आवाजमार्फत चरित्र चित्रण गरेको थियो ।
कपनगढी सिनेमा र फिल्मक्रिउ नेपालको प्रस्तुति रहेको फिल्मलाई सुलभप्रतीक देउजा, समीक्षा देउजा र विष्णु कल्पितले निर्माण गरेका हुन् । आगामी भदौ १७ गते फिल्म प्रदर्शन गर्ने तयारी छ ।
प्रतिक्रिया 4