+
+

सर्वोत्तम सिमेन्टलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १६:४०

२१ असार, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट बिजुली प्राप्त गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिद बिक्री सम्झौता भएसँगै सिमेन्ट उत्पादनका लागि सर्वोत्तमले थप ९ मेगावट बिजुली पाउने भएको हो ।

सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरे ।

यसअघि सर्वोत्तम सिमेन्टले प्राधिकरणबाट ८ मेगावाट बिजुली पाउँदै आएको थियो । सम्झौतासँगै सर्वोत्तमले अब १७ मेगावाट बिजुली पाउने भएको हो । थप विद्युत् प्राप्त गर्नका लागि आवश्यक हुने विद्युतिय सामग्री तथा ट्रान्सफरमर जडान कार्य अगाडि बढाइएको छ ।

कम्पनीले आन्तरिक स्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युतको खपत देशभित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यसअघि सिमेन्ट उत्पादनका लागि अन्य स्रोतबाट प्राप्त गरिरहेको उर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

यसअघि सिमेन्ट उत्पादनका लागि आवश्यक उर्जा थर्मल, फर्नेस ओयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतीय उर्जा प्राप्त गरेपश्चात यसले डिजेल लगायतका बाह्य स्रोतबाट प्राप्त यस्ता उर्जाको स्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको छ । यसले उल्लेख्य मात्रामा खर्च घटाउने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?