
२१ असार, काठमाडौं । नेपालको ओटीए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपले नाम परिवर्तन गरी ‘जाम्न’ बनाएको छ । नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सीईओ ज्ञानेन्द्र खड्काले बताए ।
जाम्नको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको ५ वटै आन्तरिक वायुसेवा र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ ।
नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र होटल र एयरलाइन्स बुक गर्न सकिने उनले जानकारी दिए ।
अनलाइन मार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनौट गरी सिधै होटलमै रकम भुक्तानी गर्न मिल्नेछ ।
यसबाहेक जाम्नले जुलाई महिनाभरिका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ । जस अन्तर्गत प्रयोगकर्ताले जाम्नमार्फत होटल बुकिङ लगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरी ५ सय रुपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।
नेपालमा रहेका साना अपार्टमेन्ट र होटल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटल बुकिङ गर्न सक्ने छ ।
प्रतिक्रिया 4