
२२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।
तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधि सभामा राख्न चाहेका छन् । एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । छलफलमा सहभागी एक सांसद भन्छन्, ‘एमाले सहमत भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनेतिर जान्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4