
२२ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते (मंगलबार) मावि तहको र असार २२ गते (बुधबार) भएको अन्तर्वार्तापछि नतिजा सार्वजनिक गरेको हो ।
आयोगले परीक्षामा सहभागी लिखित, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा विभिन्न जिल्लाहरुको लागि नतिजा प्रकाशन गरिएको जनाएको छ ।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म आयोगको वेवसाइटबाट हेर्न सकिने जनाएको छ ।
हेर्नुहोस् माध्यमिक तहको नतिजा
हेर्नुहोस् निम्न माध्यमिक तहको नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4