
२३ असार, विराटनगर । विराटनगर बसपार्कमा एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका-११ स्थित बसपार्कमा आज बिहान पुरुष मृत फेला परेका हुन् ।
बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ ।
उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए ।
शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।
मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4